‘परान’ हेरेपछि पूर्व युवराज्ञी हिमानी शाहको यस्तो प्रतिक्रिया

‘परान’ हेरेपछि पूर्व युवराज्ञी हिमानी शाहको यस्तो प्रतिक्रिया


पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारीक फिल्म ‘परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’मा नेपालको यथार्थ भेटिने बताइन् ।

प्रतिक्रिया दिनेक्रममा शाह भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालको यर्थार्थ यहि हो । नेपालीहरु बिदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरुले नेपालको यथार्थ भेट्नुहुनेछ ।’ शाह आफ्नो केहि आफन्तका साथमा हलमा पुगेकी थिइन् । परान तेस्रो सातामा पुग्दैगर्दा ११ करोड माथीको ग्रस कलेक्सन गरिसकेको छ । साथै हलमा दर्शकको संख्या अझै उच्च छ ।

दिपक प्रसाद आचार्य निर्देशीत ‘परान’मा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।