‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक

‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक


मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । चलचित्रको गीतमा सुुशान्त गौतमको स्वर तथा संगीत र सुरेश बादलको शब्दरचना छ ।

भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ ।सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ ।गीतको चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।