सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको थियो ।