जनकपुरका खेलाडीले पोखराविरुद्धको खेलमा आमाको नाम लेखेको जर्सी लगाउने

जनकपुरका खेलाडीले पोखराविरुद्धको खेलमा आमाको नाम लेखेको जर्सी लगाउने


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार हुने खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरुले आ-आफ्नो आमाको नाम लेखेको जर्सी लगाउने भएको छन् ।

जनकपुरका खेलाडीहरुले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा आमाको सम्मानमा उक्त जर्सी लगाउन लागेका हुन् ।

त्यसपछि ती जर्सीहरुलाई जनकपुरले विक्रिका लागि अक्सनमा राख्नेछ । जर्सी बिक्रीबाट उठेको रकम आमा समूहमा प्रदान गर्ने जनकपुरले जनाएको छ । साविक विजेता जनकपुरले सुरुआति दुवै खेलमा हार बेहोरेको छ ।