‘परालको आगो’ छायांकन सकियो – वैशाख ११ मा पर्दामा पक्का

‘परालको आगो’ छायांकन सकियो – वैशाख ११ मा पर्दामा पक्का


काठमाडौं । ४५ वर्षअघि नेपाली दर्शकको मन जलाएको ‘परालको आगो’ फेरि बल्न तयार छ १ गुरुप्रसाद मैनालीको अमर कथा ‘नासो’भित्रको यो कालजयी कथालाई नयाँ पुस्ताले ठूलो पर्दामा जीवन्त बनाएको छ। म्याग्दीका हिमाली काख, हरिया डाँडा र गाउँले जीवनको सुन्दरतामा खिचिएको चलचित्रको सम्पूर्ण छायांकन मंगलबार भव्यताका साथ सकिएको छ। दसैंको रमझममै सुटिङ थालेको टिमले निर्धारित समयभन्दा १० दिन ढिलो गरी काम टुंग्याए पनि खुसीको खबर के छ भने – फिल्म आगामी वैशाख ११ गते ९शुक्रबार० देशभरका हलमा एकसाथ आगो बनेर झोस्सिने पक्का भएको छ ।
छायांकन सकिएलगत्तै निर्माण पक्षले सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापाका तीनवटा झट्का दिने लुक्सका पोस्टर सार्वजनिक गरेका छन्। एउटा लुकमा गाउँले सादगी, अर्कोमा आँखा रसाउने भावुकता र तेस्रोमा आगोको झिल्का जस्तै तिखो क्रोध – यी तस्बिरले दर्शकको मनमा पहिल्यै आगो सल्काइसकेको छ। निर्माता सुशील पोखरेल भन्छन्, “हामीले जानाजानी ठूला चाडपर्व र ‘हट डेट’ छोड्यौं। एकै दिन धेरै फिल्म ठोक्किँदा सबैलाई घाटा हुन्छ। नेपाली फिल्म जगत्लाई नै माया गर्ने सोचले वैशाख ११ लाई रोज्यौं – यो मिति साधारण होइन, अब यो ‘परालको आगो’को ऐतिहासिक मिति बन्नेछ।” लक्ष्मण सुनारको संवेदनशील निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र नयाँ अनुहार बालकलाकार एन्जिला बानियाले जीवन्त अभिनय गरेका छन्।