काठमाडौँ- नेपालबाट बांङ्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो ।
बिहीबार बांङ्लादेशको ढाकामा बसेको नेपाल-बांङ्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा यस्तो सहमति जुटेको हो ।
बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।
सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंंग्याउने सहमति समेत भएको छ ।

प्रतिक्रिया