केन्द्रदेखि सदस्यता बितरणसम्म हाम्रो सक्रिय सहभागीता हुनैपर्छ : चालिसे (भिडियो)

केन्द्रदेखि सदस्यता बितरणसम्म हाम्रो सक्रिय सहभागीता हुनैपर्छ : चालिसे (भिडियो)


काठमाडौ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको महाधिवेशनको मिति तय गर्न आफूहरुको समेत सक्रिय सहभागीता हुनु पर्ने बताएका छन्।गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै बहुमत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका नेता चालिसेले आफूहरुलाई अँध्यारोमा राखेर पार्टी पदाधिकारीहरुले गर्ने निर्णय अमान्य हुने वताएका हुन्।

विकास टाइम्स डटकमसँगको भिडियो वार्तामा बोल्दै नेता चालिसेले भने ‘महाधिवेशनको लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिकाप्रति हाम्रो सहमति छैन।’

उनले विशेष महाधिवेशनको मागकर्ता आफूहरुको सहभागिता विना प्रस्तुत गरिएको कार्यतालिकाको औचित्य नरहेको भन्दै सभापति शेरबहादुर देउवासँग वार्ता गर्न तयार रहेको बताए।
‘पार्टी विधानको दफा १७ ९२० अनुसार विशेष महाधिवेशनको माग कर्ता हामीहरु हौं । पार्टीका महामन्त्रीहरु भनेको त विधानको दफा १७ ९१० अनुसार हाम्रो मागको सुनुवाई गर्ने पक्ष हो ’, चालिसेको प्रस्न थियो, ‘महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशनका लागि अघि सारेको कार्यतालिकामा हाम्रो सहमति छैन।’

उनले पार्टीले महाधिवेशन प्रयोजनाका लागि गठन गरिने सदस्यता छानबिन समितिदेखि निर्वाचन समितिसम्म आफूहरुको सहभागिता जरुरी रहेको बताए।

भिडियो-