एनआरएनएमा ऐतिहासिक एकता : महेश श्रेष्ठ नै अध्यक्ष

एनआरएनएमा ऐतिहासिक एकता : महेश श्रेष्ठ नै अध्यक्ष


काठमाडौ ।
लामो समयदेखि विभाजित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आजदेखि औपचारिक एकताको नयाँ अध्याय सुरु भएको छ। महेशकुमार श्रेष्ठ र डा। बद्री केसी नेतृत्वका दुई छुट्टाछुट्टै संस्थाले १० बुँदे सहमति गर्दै एकताको घोषणा गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा भएको सहमतिपत्रमा दुवै पक्षका अध्यक्षले हस्ताक्षर गरेका छन्।

विगत चार वर्षदेखि श्रेष्ठ र केसी पक्षले आ(आफ्नै महाधिवेशन, कार्यसमिति र अन्तर्राष्ट्रिय संरचना सञ्चालन गर्दै आएका थिए। २०२३ अक्टोबरमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनबाट डा। केसी निर्वाचित भएका थिए भने २०२५ मेमा शेष घले संयोजकत्वको उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ अध्यक्ष चुनिएका थिए। दुवै पक्षले आ(आफूलाई आधिकारिक दाबी गर्दै अदालतसम्म पुगेका मुद्दाहरूले विश्वभरका गैरआवासीय नेपालीलाई दुई कित्तामा बाँडेको थियो। आज हस्ताक्षरित सहमतिले दुवै पक्षका महाधिवेशन र कार्यसमितिको वैधानिकतालाई मान्यता दिएको छ।

एकतापछि अब विश्वभरका गैरआवासीय नेपालीको साझा नेतृत्व महेशकुमार श्रेष्ठले गर्नेछन् भने डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई पनि पूर्ण मान्यता दिइएको छ। सहमतिमा कुल आचार्य, रविना थापा, विनोद कुँवर, राजेन्द्रकुमार शर्मा लगायतका पूर्वअध्यक्षहरूको कार्यसमितिलाई पनि पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गरिने उल्लेख छ।

सहमतिका प्रमुख बुँदाहरूमा आगामी १२औँ महाधिवेशन १७ अप्रिल २०२६ सम्ममा सम्पन्न गर्ने, महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने ९जसमा बसेका व्यक्ति उम्मेदवार बन्न नपाउने०, सबै आर्थिक कारोबार स्वतन्त्र तेस्रो पक्षबाट अडिट गर्ने, अदालतमा विचाराधीन सबै मुद्दा फिर्ता लिने, सहमति पत्रलाई परराष्ट्र मन्त्रालयमा अभिलेखीकरण गर्ने र कुनै विवाद भए मन्त्रालयकै समन्वयमा समाधान गर्ने प्रावधान छन्।

“यो एकता गैरआवासीय नेपालीहरूको लामो सपना थियो। आज त्यो सपना साकार भएको छ,” सहमति प्रक्रियामा संलग्न एक नेताले भने, “अब हामी सबै एकजुट भएर नेपालको विकास र विश्वभरि छरिएका नेपालीको हितमा काम गर्नेछौँ।” एकताको औपचारिक घोषणा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा हुने कार्यक्रम रहेको छ।