एनपिएल : काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै चितवन

एनपिएल : काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै चितवन


काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमाडौँ गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौँलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।