काठमान्डु गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य

काठमान्डु गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भयो ।

काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।

मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।