गोरु चुट्ने र हलो अड्काउने खेल बन्द गर : प्रकाश स्नेही (भिडियो )

गोरु चुट्ने र हलो अड्काउने खेल बन्द गर : प्रकाश स्नेही (भिडियो )

छलछाम गरेको महाधिवेशन मान्दैनौं


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको पुषको अन्तिम साता वा माघ पहिलो साताभित्र नियमित महाधिवेशनको कार्यतालिका स्वीकार हुने बताएका छन् । तर उनले महाधिवेशनको कार्यतालिकामा कुनै छलछाम गर्न नहुने बताएका छन् ।

बिकासटाइम्स डटकमसंग भिडियो वार्तामा ‘यदि पार्टीको तर्फबाट माघ पहिलो साताभित्र नियमित महाधिवेशनको प्रस्ताव गरिने हो र त्यसमा कुनै छलछाम नहुने हो भने त्यसलाई मान्न सकिन्छ, तर यो सर्तसहितको हुनुपर्छ,’ उनले भने, ‘तोकिएको मितिमा नियमित महाधिवेशन नहुने हो भने त्यो कार्यतालिकाको कुनै अर्थ छैन सोही मितिमा विशेष महाधिबेशन हुनुपर्छ ।’ विशेष महाधिवेशनको माग गरिरहेका नेताहरूप्रति लक्षित गर्दै स्नेहीले भने विशेष महाधिवेशन मागकर्ताहरुले पार्टीका महामन्त्री,र केन्द्रीय सदस्यहरुको बलमा यो ठाउँमा पुर्याएको विसर्न हुँदैन ।’
नेता स्नेहीले महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनमा सक्रिय रहेका नेताहरुका छलफल र परामर्शमा बनाउनुपर्छ भन्नेमा जोड दिदै भने विशेष महाधिवेशनको मागलाई संवोधन गर्न पार्टी भित्र महामन्त्रीहरुले लडाईँ लडिरहनु भएको छ ।’

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि आफूहरूले सभापति देउवालाई सक्रिय बनाउने प्रयास गरिरहेको उनको भनाई छ । ‘ सभापति देउवा आफ्नो सम्मान र लोकप्रीयता जोगाउनका लागी कसैको पक्षमा दुरुपयोग नहुनु र सक्रिय नहुनु राम्रो पक्ष हो । ’– स्नेहीले भने ।

संस्थापन पक्षका छ भाईले ‘गोरु चुटेर हलो हड्काउने’ काम गरिरहेको आरोप लगाउँदै उनले सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई समेत अप्ठ्यारो पार्ने काम भइरहेको टिप्पणी गरे।

भिडियो