फेरि सर्‍यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

फेरि सर्‍यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। आइतबारका लागि बोलाइएको बैठक काँग्रेस शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सोमबारका लागि सरेको हो।

महाधिवेशनको विषय टुंगो नलाग्दा बैठक पटक-पटक सर्दै आएको छ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको थियो।