उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य


काठमाडौँ। एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ ।

मा जारी फाइनल खेलमा नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो । युएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।

उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए । अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक(एक विकेट लिए ।

ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।