काठमाडौं । दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।
डुप्लेसिसलाई विराटनगर किङ्सले अनुवन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् ।डुप्लेसिसलाई बिमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरे । उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।


प्रतिक्रिया