५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण

५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण


काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण भएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्पूर्ण काम ५ पुसभित्र गरी सक्ने निर्णय गरेको हो ।

निर्णयमा ५ पुसमा केन्द्रबाट नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने अवधि तोकिएको छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम मिति २५ मंसिर तोकेको छ ।

यस्तै पुस ८ भित्र छुट भएकाहरूको नामावली, निर्णय र रकम केन्द्रमा पठाउन सकिने निर्णयमा भनिएको छ ।

काँग्रेसले नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम मंसिर मसान्तभित्र गरी सक्ने भनेको छ ।

निर्णयमा क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि ३ पुसका लागि तोकेको छ ।