ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापा गाउँमा जारी

ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापा गाउँमा जारी


काठमाडौँ । एमालेको भावी अध्यक्ष लड्न मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू छलफलमा जुटेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको थापागाउँस्थित सम्पर्क कार्यालयमा नेताहरूको भेला जारी छ ।

महाधिवेशन प्रतिनिधिको छनोट र पछिल्लो अवस्थाबारे विश्लेषणसहित टीमको भावी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए ।

थापा गाउँमा पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेता उपस्थित छन् ।