काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ। केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्नप्रदेश जिल्ला र क्षेत्रिय कार्य समिति निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। काँग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको उम्मेदवारको टुंगो एकै पटक लगाउने तयारी गरेको छ।

प्रतिक्रिया