काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको१५ औँ महाधिवेशनमा आफू र डा.शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्।
पार्टीको कार्यक्रममा भाग लिन सोमबार चितवन पुगेका कोइरालाले संचारकर्मीहरुसँग भने ंआगामी महाधिवेशनमा मैले पनि सभापतिमा उम्मेदारी दिने भनेको थिएँ, तर शेखर दाईले पनि तयारी गरिरहनु भएको रहेछ, यससम्बन्धमा मैलेशेखरदाईसँग पनि कुरा गरिरहेको छु।’
२०७९ मंसिरमा भएको पार्टीको चौधौं महाधिवशेनमा सभापतिमा उम्मेदवारी दिएका डा. शेखर कोइरालाको पक्षमा नेता डा. शसांक कोइराला खुलेर लागेका थिएनन्। कोइराला परिवारकी अर्की सदस्य नेतृ सुजाता कोइरालासमेत फरक प्यानलबाट पार्टी पदाधिकारीमा उम्मेदवार बनेपछि डा.शेखरको पक्षमा खुलेर लागेकी थिइनन्।
यसपटक भने नेतृ सुजातालाई आफ्ना दाई डा. शेखरलाई सभापतिमा उम्मेदवार बनाउने र जिताउख सघाउने बताई सकेकी छन्। शेखर र आफुमध्ये एक एक जना उम्मेदवार हुने भनी नेता शशांंकले दिएको अभिव्यक्तिपछि पार्टीको संस्थापन पक्ष र इत्तर पक्षमा समेत खैलाबैला हुने निश्चित छ।
विराटनगरका कृष्णप्रसाद कोइरालाका नाती पुस्ताहरु सक्रिय राजनीतिमा भए पनि उनीहरुबीच महाधिवशेनमा उम्मेदवार भई पार्टी नेतृत्व लिने विषयमा सहमति नभएको भन्दै कार्यकर्ता र शुभेच्छुकहरुले चिन्ता व्य्रक्त गर्ने गरेका छन् ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कनिष्ठ पुत्र डा. शशांक, पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला र केशवप्रसाद कोइरालाका छोरा डा. शेखर कोइराला अझै पनि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका छन् ।
शशांकको यो भनाईले कांग्रेसको संस्थापन पक्ष र इत्तर पक्षमा समेत नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ। डा. शशांक हालसम्म पार्टी सभापति तथा संस्थापन पक्षमा खुलेर लागेका छन् भने डा. शेखर पार्टी इत्तर समूहको नेतृत्व गरिरहेका छन्।
कांग्रेसको महाधिवेशन आगामी पुसको अन्तिम साता अर्थात २७–२९ पुसमा काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया