कुसलले छक्का हान्दा कीर्तिपुर क्रिकेट मैदानमा चियरलिडर सर्मिला घाइते, बयोधामा उपचार हुँदै

कुसलले छक्का हान्दा कीर्तिपुर क्रिकेट मैदानमा चियरलिडर सर्मिला घाइते, बयोधामा उपचार हुँदै


 

 

काठमाडौं। कीर्तिपुरीस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपीएल (नेपाल क्रिकेट लिग)को दोश्रो संस्करण चलिरहँदा क्रिकेट बलले लागेर एक जना चियरलिडर घाइते भएकी छन् ।

घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका उपरिक्षक एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए। विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ। उनको अनुहारमा चोट लागेको छ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले उनको नाकमा लागेको थियो। बलले लागेर रगताम्मे भएकी उनलाई तत्काल अस्पताल लगिएको थियो।

चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेका हुन्। जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए।

चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो र उनी त्यहीँ ढलिन्। उनको अनुहारमा रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ। उनका आँखा नजिक चोट लागेको तर आँखा खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।