पोखराविरुद्ध पहिला बलिङ गर्दै कर्णाली

पोखराविरुद्ध पहिला बलिङ गर्दै कर्णाली


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २१ औँ लिग खेलमा कर्णाली याक्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन्।

कर्णाली याक्सको यो छैटौँ खेल हो। पोखरा एभेन्जर्सको यो पाँचौँ खेल हो। पोखराले ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ।

पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले हार बेहोर्‍यो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो।

कर्णालीले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन, चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेट र पाँचौँ खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।