रोसिङटनको शतकमा पोखराले दियो कर्णालीलाई दियो २०२ रनको लक्ष्य

रोसिङटनको शतकमा पोखराले दियो कर्णालीलाई दियो २०२ रनको लक्ष्य


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनायो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक एक विकेट लिए ।