दुर्गा प्रसाईँलाई वार्तामा आउन औपचारिक आग्रह

दुर्गा प्रसाईँलाई वार्तामा आउन औपचारिक आग्रह


काठमाडौँ । सरकारले दुर्गा प्रसाईँलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईँलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो ।

प्रसाईँ हाल भारतको नयाँ दिल्लीमा रहेको उनीनिकट स्रोतले बताएको छ । दुई दिनअघि नयाँ दिल्ली गएका प्रसाईँ केही राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले बताएको छ । उनीनिकट नेताहरूका अनुसार प्रसाईँ बुधबार नेपाल फर्किनेछन्।