गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ


 

काठमाडौं। गुण एअरलाईन्सका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा शाक्यलाई बुधबार पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ६० बर्यीय शाक्यलाई सीआईबीले आज पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटनबाट पक्राउ अनुमति लिई जावलाखेल भनिमण्डलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ।