काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बुधबार बिदाइ भेट गरेकी हुन् ।
भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया