अख्तियारद्वारा क्यानका महानिर्देशक र पूर्व महानिर्देशक पक्राउ

अख्तियारद्वारा क्यानका महानिर्देशक र पूर्व महानिर्देशक पक्राउ


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको आयोग उच्च स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर भ्रष्टाचार काण्डको मुद्दा दायर गर्ने तयारी भइरहँदा उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतको भनाई छ।