काठमाडौँ। काठमाडौँको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित मृत फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया