महिला लघुवित्त मनमैजु शाखाबाट कर्जा बीमा रकम हस्तान्तरण

महिला लघुवित्त मनमैजु शाखाबाट कर्जा बीमा रकम हस्तान्तरण


काठमाडौं, मनमैजु — महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मनमैजुले आफ्नी दीर्घकालीन सदस्य प्रमिला कपालीको मृत्यु पछि कर्जा बीमा रकम हस्तान्तरण गरेको छ।

विगत सात वर्षदेखि बचत–कर्जा कारोबार गर्दै आएकी सदस्य प्रमिला कपाली (सदस्य नं. ६.००५०.०२.७) को मिति २०८२।०१।१२ मा टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त सदस्यले संस्थाबाट मिति २०८१।०७।२९ मा रुपैयाँ २ लाख कर्जा लिएकी थिइन्।

सदस्यको निधनपछि कर्जा बीमा योजनाअन्तर्गत उनका छोरा सागरनाथ कपालीलाई बीमा बापत रू २ लाख २० हजार प्रदान गरिएको संस्थाले जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रम कर्मचारी श्री राजेन्द्र रावल तथा शाखा प्रमुख श्री मनोज कुमार महतको उपस्थितिमा सम्पन्न गरिएको हो। संस्थाका अनुसार बीमा रकमले परिवारलाई आर्थिक सहारा मिल्ने अपेक्षा गरिएको छ।