ओलीलाई शेरबहादुर तामाङको पनि समर्थन, उपमहासचिवमा उठ्ने घोषणा

ओलीलाई शेरबहादुर तामाङको पनि समर्थन, उपमहासचिवमा उठ्ने घोषणा


काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् ।

तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए ।

उनले भने, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकोले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरेका छन् ।

उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौँ महाधिवेशनसम्म के हुन्छ ।’

सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्रीसमेत भइसकेका छन् ।