काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका भीम सार्कीको आक्रामक ब्याटिङले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको हो ।
काठमाडौं १३ ओरभरमा ५ विकेटको क्षतिमा ७९ रनको अवस्थामा रहेका बेला भीम सार्की क्रिजमा गएका थिए । उनले ९ बलमा ५ चौका र ४ चौकाको सहयोगमा ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् ।
यस इनिङमा उनले २३ बलमा ५५ रन प्रहार गर्न ५ चौका र ४ छक्का प्रहार गरे । उनकै आक्रामक ब्याटिङले काठमाडौं उकासिएर १६५ रनको बलियो अवस्थामा आइपुगेको हो ।
ब्याटरहरु लगालग आउट भए पनि ओपनर बेन चार्ल्सवर्थ ब्याटिङ सम्हालेका थिए । उनी १८ ओभरको ५ बलसम्म टिकेर ५५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६४ रन जोडेर आउट भए ।

प्रतिक्रिया