सन् २०२५ को अन्तिम महिना (डिसेम्बर) मा बलिउड बक्स अफिसमा धनुष र कृति सेनन अभिनीत फिल्म ‘तेरे इश्क मे’ सबैभन्दा अगाडि देखियो । ठुला बजेटका र विभिन्न विधाका फिल्महरू प्रतिस्पर्धा रहे पनि ‘तेरे इश्क मे’ कमाइको मामलामा बलियो देखियो । फिल्मको ओपनिङदेखि अहिलेसम्मको रफ्तार हेर्दा दर्शकले यसलाई अत्यधिक रुचाइरहेको मान्न सकिन्छ ।
रिलिजको पहिलो दिन फिल्मले १६ करोड (भारु)को ओपनिङ व्यवसाय गरेको थियो । त्यसपछि शनिवार १७ करोड र आइतबार १९ करोड, सोमबार ८.७५ करोड, मङ्गलवार १०.२५ करोड कमाई गर्दै बुधबार ५.०७ करोड कलेक्सन गरेको थियो । हालसम्म फिल्मको कुल कमाई ७६.०७ करोड पुगेको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट ८५ देखि ९५ करोडको बिचमा छ । यो हिसाबले फिल्म आफ्नो लगानी उठाउने दिशामा तीव्र गतिमा अघि बढेको छ र छिट्टै १०० करोड क्लबमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ । यद्यपि, फिल्मको असली परीक्षा अझै बाँकी छ । डिसेम्बर ५ मा रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ र ‘अखण्ड २’ रिलिज हुँदैछन्, जसले ‘तेरे इश्क मे’को कमाईमा असर पार्ने अनुमान गरिएको छ ।
आनन्द एल. रायको निर्देशन रहेको फिल्मको बलियो पात्र र भावनात्मक कथा वाचनका रुचाइएको हो । फिल्मको कथा शंकर गुरुक्कल (धनुष) को वरिपरि घुम्छ, जो डुसुको दबंग अध्यक्ष हुन् ।
उनको उग्र स्वभाव पहिचान बनेको छ । अर्कोतर्फ मुक्ति (कृति सेनन) छिन्, जो एक शोधकर्ता हुन् र उग्र स्वभावको मानिस पनि बदलिन सक्छ भन्ने प्रमाणित गर्न चाहन्छिन् । फिल्ममा मोहम्मद जीशान अयूब र प्रकाश राज को पनि उपस्थिति छ ।

प्रतिक्रिया