ओली पुगे देउवालाई भेट्न महाराजगञ्जमा

ओली पुगे देउवालाई भेट्न महाराजगञ्जमा


कामठाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका छन्।

ओली दिउँसो देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली र देउवा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो। देउवा भेट्न एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई लिएर महाराजगञ्ज पुगेका थिए। देउवासँग उनकी धर्मपत्नी कांग्रेस नेतृ डा.आरजु राणा पनि सहभागी छन्।