काठमाडौं। प्रधानमनत्री सुशीला कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठक पाँच बजेदेखि सुरु भएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै उनका सल्लाहकार र सचिवालयका सहयोगीका साथ उपस्थित छन् भने राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी छन् ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सोविता सोविता गौतम, राप्रपाबाट भुवन पाठक, जनता समाजबादी पार्टीबाट राजकिशोर यादव र प्रकाश अधिकारी को उपस्थिति छ।

त्यस्तै, नेपाली सेनाका प्रतिनिधि, प्रहरी महानिरिक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल, निर्वाचन आयोगका कामु प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित अन्य सदस्यहरु सहभागी छन्।
बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया