काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निम्तो दिएका हुन्।
यो दुवै टोलीको लिग चरणको अन्तिम खेल हो। दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।
सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ ।

प्रतिक्रिया