काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
शनिबार जारी खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो।
चितवनका लागि देव खनालले ३५ रन बनाउँदा अल्फेस रमजनीले ३३ रनको अविजित इनिङ्स खेले। त्यस्तै, कप्तान कुशल मल्लले २३ रन बनाउँदा साइफ जाइबले १७ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
दुवै टोली प्लेअफ समीकरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा दुवै टिमको ६ खेलबाट २ जितसहित ४ अंक रहेको छ।

प्रतिक्रिया