यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते


सुनसरी । धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

को १ ख ५३१४ नं को उक्त बस धरान-इटहरी सडक खण्डअन्तर्गत इटहरी उपमहानगरपालिका-२०, पानी पियास्थित शनिवार साँझ ६:५५ बजे दुर्घटना हुँदा २२ महिला र दुई जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

घाइते सबै जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पठाइएको र दुर्घटनाबारे जाँच भइरहेको प्रवक्ता खड्काले बताए ।