जेनजी अभियन्ता मिराजले मागे प्रधानमन्त्री कार्कीको राजिनामा

जेनजी अभियन्ता मिराजले मागे प्रधानमन्त्री कार्कीको राजिनामा


 

काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामाको माग गरेका छन्।

ुजिल्ला प्रहरी परिसर काठमाडौंमा थुनामा रहेका जेनजी अभियन्ता प्रकाश शर्माको रिहाईको माग गर्दै परिसर पुगेका ढुंगानाले प्रधानमन्त्री कार्कीको राजिनामा माग गरेका हुन्।

उनले अन्तरिम सरकार देश विकासमा असफल भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह समेत गरे।

सरकारमा पुराना दलका नेताहरूको पुनः आगमन हुने सम्भावना रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजी युवाहरूको माग सम्बोधन नभएको दाबी गरे।

जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए।

उनले शनिबार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए।

भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरूलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पोष्टर टाँस्ने क्रममा शनिबार शर्मालाई प्रहरीले गिरफ्तार गरेको थियो। उनी आर्ज (आइतबार) रिहा भएका छन्।