जेन जेड आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

जेन जेड आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र


काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा घाइते भएकाहरूमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् ।

घाइतेहरूको वर्गीकरण गरी सरकारले उनीहरूलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ ।

घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरू अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यसका साथै कोही कसैको परिचयपत्र बनाउन छुटेको भए पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेश गर्न भनिएको छ ।