काठमाडौँ। १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौँको तीन कुनेमा मारिएका थिए ।

प्रतिक्रिया