काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का लागि रानाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति झमनराज मगरले प्रत्यक्षतर्फको उम्मेदवारका लागि रानाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरिएको पुष्टि गरे ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया