काँग्रेसबाट यी ३२ नेता जो समानुपातिकमा उम्मेदवार बन्न पाउने छैनन्

काँग्रेसबाट यी ३२ नेता जो समानुपातिकमा उम्मेदवार बन्न पाउने छैनन्


 

काठमाडौं।  सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काग्रेसका ३२ जना नेताहरु समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्न नपाउने. भएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ६ गते गरेको निर्णय बमोजिम तयार पारेको उम्मेदवार छनोट मापदण्डका कारण पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधि, हालका सहमहामन्त्री जीवन परियार, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वपराष्ट्रमन्त्री तथा सभापति देउवा पत्नी डा.आरजु राणा देउवा लगायतको नाम समानुपातिको बन्द सूचीमा समेत नअटाउने भएको हो।

२०७९ मंसिरमा सम्मपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट तीन पुरुष नेताहरु निधि, परियार र डा. महत सांसद भएका थिए। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका २९ जना महिला नेतृह समेत अब समानुपातिबाट पुनः सांसद बन्न नपाउने भएका छन्।

प्रतिनिधि सभा सदस्य बन्नको लागि यी नेताहरुले अब प्रत्यक्ष निर्वाचन प्रणाली नै रोज्नु पर्ने बाध्यता देखिएको छ। यसरी पुनः समानुपातिकबाट सांसद बन्न नपाउने महिला नेतृहरुमा केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, सरिता प्रसाईं, अम्बिका बस्नेत, प्रतिमा गौतम, सुशीला थिङ, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, चन्दा चौधरी, मुक्ता कुमारी यादव र मञ्जु खाँण लगायतका छन्।

यस्तै, निवर्तमान प्रतिनिधि सभामा समानुपातिकबाट सांसद भएका नेतृहरु सरस्वती बजिमय (खोटाङ), कल्पना चौधरी (सुनसरी), लिलादेवी वोखिम (ताप्लेजुङ), माया राई (भोजपुर), संगीता मण्डल (महोत्तरी), नागिना यादव (महोत्तरी), सीता मिजार (नुवाकोट), अञ्जनी श्रेष्ठ (चितवन), सपना राजभण्डारी (काठमाडौं), शान्ति विक (चितवन), विनाकुमार थनेत (नवलरासी), मनोरमा शेरचन (रुपन्देही), आशा विक (बाँके), जाबेदा खातुन जागा (बर्दिया), रुपा विक (कपिलवस्तु), कुमुम थापामगर (रुकुमपूर्व), मैना रावल कार्की (जाजरकोट) र सीताकुमारी राना (दैलेख)ले पनि समानु्पातितर्फबाट उम्मेदवार बन्न नपाउने भएका हुन्।

यीमध्ये राणा, बस्नेत, आशा विक, अञ्जनी श्रेष्ठ, नागिना यादव पटक पटक समानुपातिक कोटाबाट सांसद बन्दै आएका थिए।