काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन जेड आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् ।बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
मन्त्री गौतमले जेन जेड आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरूले एकचित्त भएर काम गरिरहेको बताइन् ।
सरकारले जेन जेड आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।
उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन् ।
मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।

प्रतिक्रिया