जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

बुधबार आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

महानिर्देशकसहित अन्य प्रतिवादीहरूले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।Open photo