काठमाडौँ । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे जीतपुरबाट वीरगंज जाँदै गरेको मधेश प्रदेश-०३-०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका, बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि बसेका राकेश पासवान घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले तत्काल दुवैलाई उद्धार गरी बयोधा अस्पताल पुर्याएका थिए । चौधरीको उपचारको क्रममा मृत्यु घोषणा भएको थियो भने पासवानको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया