एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे बस्नेछ ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ । साथै, १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउने बताइएको छ ।