सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ३ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।