दाङ। नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफु निकटकालाई अधिक टिकट दिलाउने योजना र रणनीतिका साथ लमहीमा गोप्य भेला बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षधर नेताहरूले मंसिर २६ गते शुक्रबार लमहीमा छुट्टै तर गोप्य भेला बोलाएको हो।
पार्टीको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको आगामी माघ ११ गते र प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार सिफारिस र टिकट वितरण तथा आगामी १५औं महाधिवेशनमा आफ्नो पक्षको पकड कायम राख्ने उद्देश्यले भेला बोलाइएको बताईएको छ। कांग्रेस केन्द्रीय सदस्य चन्द्र केसीले भेलामा लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहित प्रदेशसभा सदस्य जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर तथा गाउँ इकाई सभापति, कांग्रेसबाट निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू सहभागी हुने छन्।

प्रतिक्रिया