बिनोद चौधरीको नाम संसदको उम्मेदवारमा सिफारिस नहुने भएपछि बिबाद र तोडफोड

बिनोद चौधरीको नाम संसदको उम्मेदवारमा सिफारिस नहुने भएपछि बिबाद र तोडफोड


 

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को २ नम्वर क्षेत्रीय कार्यसमितिले बिनोद चौधरीको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस गर्ने संकेत नपाए पछि बिबाद चर्किएको छ।

कांग्रेसको नवलपरासी २ नम्वर क्षेत्रीय कार्यसमितिको बिहीबार गोपीगञ्जमा बसेको बैठकमा सहभागी अधिकांसले बिनोद चौधरीको नाम सिफारिस गर्न नहुने पक्षमा मत जाहेर गरेपछि बिबाद भएको थियो।

कांग्रेसका २ नम्वर क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभापतित्वमा भएको बैठकमा सहभागीमध्ये अधिकांसले निवर्तमान सांसद तथा नेपालका एक मात्र बिलेनियर उद्योगपति बिनोद चौधरीको नाम सिफारिस गर्न इन्कार गर्दै पूर्वसांसद बिक्रम खनालको सिफारिस गर्नु पर्ने अभिमत दिएका थिए।

प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा पश्चिम नवलपरासीको २ नंम्वर क्षेत्रबाट आफ्नो नाम सिफारिस हुने अवस्था नदेखेपछि उद्योगपति चौधरी पक्षधर केही अनधिकृत व्यक्तिहरुले बिबाद र होहल्ला गर्दै टेबल कुर्सी तोडफोड गरेका थिए।

तोडफोड र बिबाद गर्नेहरु अनधिकृत व्यक्ति भएको भन्दै पूर्वसांसद खनालले बिकास टाईम्ससँग भने, ‘बिबाद भएपछि क्षेत्रिय समितिको बैठक स्थगित भएको हो। तर त्यही स्थगित भएको बैठकलाई अनदेखा गरी छुट्टै नाम सिफारिस भएमा आफुहरु बहुसङ्ख्यक सदस्यको समर्थनमा निर्णय गर्न बाध्य हुनेछौं।