दाङ । नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा–खड्का समूह)को भेला शुक्रबार बिहानैदेखि दाङको लमहीमा सुरु भएको छ । करिब दुई सयभन्दा बढी नेता–कार्यकर्ताको सहभागिता रहेको यो भेलाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा आफ्ना निकटकालाई अधिकतम टिकट दिलाउने तथा १५औँ महाधिवेशनमा पक्षको पकड कायम राख्ने रणनीति बनाउने भनिएको छ ।
भेलामा सहमहामन्त्री किशोरसिंह राठौर, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायत लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सांसद, १२ वटै जिल्ला सभापति, क्षेत्रीय सभापति, पालिका तहका सभापति, कांग्रेसबाट निर्वाचित मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र केसीले जानकारी दिए ।




प्रतिक्रिया