काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीले विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागू औषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ३ सय ५० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय विशाल कुमारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागू औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

प्रतिक्रिया