काठमाडौँ । सशस्त्र प्रहरी बलले पोसाक लगाएर टिकटक र रिल्स बनाएको आरोपमा २ सय १२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरेर भिडियो बनाई आचारसंहिता विपरीत काम गरेकाले कारबाही गरेको हो ।
उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले बताए । कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न सशस्त्र प्रहरीले प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा समेत स्थापना गरेको छ ।

प्रतिक्रिया